एजेन्सी । घरेलु टाेली इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा न्युजिल्याण्डले क्लिन स्विप गरेकाे छ । उसले गएराति तेस्रो तथा अन्तिम खेलमा एक रनकाे राेमाञ्चक जित निकाल्दै तीन खेलकाे सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हाे ।
३६१ रनकाे लक्ष्य पछ्याएकाे आयरल्याण्डले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै ३५९ रन बनायाे । पउल स्टर्लिङ र ह्यारी टेक्टरले शतकीय पारी खेले पनि आयरल्याण्डलाई जित दिलाउन भने सकेनन् ।
१२० रन बनाएका स्टर्लिङले १०३ बलमा १४ चाैका र पाँच छक्का प्रहार गरे । टेक्टरले १०६ बलमा सात चाैका र पाँच छक्कासहित १०८ रन जाेडे । एन्डी म्याकब्राइनले २६, ग्यारेथ डेलानी जर्ज डकरेलले २२/२२ र लोर्कन टकरले १४ रनकाे याेगदान दिए ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले चार, मिचेल सेन्टनर तीन तथा ब्लेयर टिकनरले एक विकेट हात पारे। यसअघि डुब्लिनस्थित द भिलेज स्टेडियममा टस जितेर ब्याटिङ राेजेकाे न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६० रन बनाएकाे थियाे ।
उसका लागि मार्टिन गप्टिलले १२६ बलमा १५ चाैका र दुई छक्कासहित ११५ रनकाे शतकीय पारी खेले । ७९ रन बनाएका ह्यारी निकाेलसले ५४ बलमा सात चाैका र तीन छक्का प्रहार गरे ।
ग्लेन फिलिप्सले ४७, फिन एलनले ३३ र कप्तान टम लाथमले ३० रनकाे याेगदान दिँदा माइकल ब्रेसवेल २१ तथा मिचेल सेन्टनर १४ रनमा अविजित रहे ।आयरल्याण्डका लागि जाेस लिटलले दुई तथा क्रेग याेङ्ग, कर्टिस क्याम्फर र ग्यारेथ डेलानीले एक/ एक विकेट लिए ।
यसअघि न्युजिल्याण्डले एक र तीन विकेटकाे जित हात पारेकाे थियाे ।




















प्रतिक्रिया