काठमाडौं । गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘सिंहदरवार झ्यालैमा ऐना’ सार्वजनिक भएको छ ।
मोहन थापाको शब्दमा रहेको गीतमा गायिका भट्टराई र गायक कृष्ण काफ्लेको स्वर रहेको छ । गीतमा गायक काफ्लेको संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् ।
ताप्लेजुङमा जन्मिएकी गायिका भट्टराईले ईलाहाबादबाट संगितको अध्यापन गरेकी छिन् । रानी एैस्वर्यबाट पुरस्कृत उनी सफल राष्ट्रिय महिला उद्यमी हुन् ।





















प्रतिक्रिया