Logo

खेलकुद

स्कटल्याण्डमाथि दोस्रो जितको खोजीमा नेपाल



काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

सिरिजको अन्तिम खेलमा आज पौने ४ बजे नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्न लागेको हो। नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । स्कटल्याण्ड भने नेपालविरुद्ध दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।अघिल्लो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल नामिबियासँग दुबै खेलमा पराजित भएको छ । नेपााल नामिबियासँग पहिलो खेलमा ४० र तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०८:०६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।