Logo

खेलकुद

अली खानलाई जवाफ दिँदै सन्दीपले भने- नेपालीहरुले आफ्नो सास सरह क्रिकेटलाई माया गर्छन्



काठमाडौं । अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले नेपाली क्रिकेट समर्थकमाथि घृणात्मक टिप्पणी गरेको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुःख व्यक्त गरेका छन् । खानले नेपाली समर्थक सबैभन्दा खराब भनेर दिएका प्रतिक्रियाको प्रतिवाद गर्दै सन्दीपले आफ्नै सहमकर्मीबाट यस्तो घृणित टिप्पणी आशा नगरेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

‘मेरा एक क्रिकेट सहकर्मीबाट नेपाली क्रिकेट समर्थकको बारेमा घृणात्मक टिप्पणीको आश मैले गरेको थिइन । नेपालीहरुले आफ्नो सास सरह क्रिकेटलाई माया गर्छन्, क्रिकेट प्रेम उनीहरुको रगतमा मिसिएको छ,’ सन्दीपले लेखेका छन्, ‘उनीहरु विश्व क्रिकेटको एक अभिन्न अंग हुन्, खेलकुदले मानिसहरुलाई विभाजित होइन, एकताबद्ध गराउनुपर्छ ।’

क्रिकेट पत्रकार तथा क्रिकेट कमेन्टेटर पिटर डेला पेनाले कमेन्ट्री गर्दा नेपाललाई कमजोर देखाएको भन्दै एक जना नेपाली समर्थकले व्यक्तिगत म्यासेज पाएका थिए । सोही म्यासेजलाई डेला पेनाले ट्विट गरेका थिए । सोही ट्विटको प्रतिक्रिया दिँदै खानले नेपाली समर्थक सबैभन्दा खराब भनेका थिए । खानको जवाफमा नेपालका कप्तान सन्दीपले जवाफ फर्काएका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १९:१०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।