काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का विदेश विभाग प्रमुख नविन पाण्डेलाई हटाउन माग गर्दै निवेदन दर्ता भएकाे छ । एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दिएका हुन् । पाण्डे जर्मन नागरिक हुन् ।
‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय त्रुटिपूर्ण र विधान विपरीत छ,’ पत्रमा भनिएको छ ।
एन्फाको विधानको धारा २४ को ३ (क) मा नेपाली नागरिक भएमा एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन नसक्ने उल्लेख भएको पत्रमा जानकारी गराइएको छ ।




















प्रतिक्रिया