Logo

खेलकुद

महिला युरोकप : स्विडेन सेमिफाइनलमा



एजेन्सी । स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो ।

स्विडेनको जितमा लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । उनले खेलको इन्जुरी समयमा गोल गरेकी हुन् ।

अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ०८:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।