काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युवा मिडफिल्डर युनाई हर्नान्डेजलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले जिरोनाबाट युवा मिडफिल्डरलाई अनुबन्ध गरेको हो ।
१७ वर्षीय युवा मिडफिल्डर हर्नान्डेज बार्सिलोनाको युथ टिममा रहने छन् । हर्नान्डेजले आफुलाई प्रमाणित गरेको खण्डमा सिनियर टोलीमा स्थान बनाउने छन् ।
गत सिजन उनले उमेर समूहको क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण बार्सिलोनाले उनीमाथि नजर लगाएको थियो ।




















प्रतिक्रिया