काठमाडौं । अमेरिका टूरमा रहेको प्रिमियर लिग क्लब आर्सनलले फ्लोरिडा कपमा आफ्नो लिग प्रतिद्वन्दी चेल्सीविरुद्ध शानदार जित हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ४-० गोल अन्तरले पराजित गरको हो ।
आर्सनलको जितमा गाब्रियल जिसस, मार्टिन डेगार्ड, बुकाया साका र अल्बेर्ट साम्बीले एक एक गोल गरेका थिए ।
प्रि-सिजन टूरमा रहेको आर्सनलको यो लगातार चौथो जित हो । आर्सनलले अब अर्को खेल इमिरेट्स कपको फाइनलमा स्पेनिस क्लब सेभियासँग खेल्ने छ ।




















प्रतिक्रिया