Logo

अचम्म

इरानमा देखिएका पुटिन नक्कली हुन् : युक्रेनी गुप्तचर प्रमुख



एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूजस्तै देखिने अर्का व्यक्तिलाई इरान भ्रमणमा पठाएको युक्रेनको गुप्तचर संस्थाका प्रमुखले बताएका छन् । 

गुप्तचर संस्था जीयूआरका प्रमुख जनरल किरिल बुदानोभले भने, ‘पुटिन भनिएको व्यक्ति विमानबाट बाहिर निस्केको ध्यान दिएर हेर्नुस् । उनी पुटिन हुन् त ?’

बुदानोभले यसको विस्तृत विवरण दिएनन् । तर युक्रेनी सञ्चारमाध्यमहरूले सार्वजनिक कार्यक्रममा पुटिनले यदाकदा आफू जस्तै देखिने मानिस उपयोग गर्ने गरेको लेखेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १५:५२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।