Logo

प्रमुख समाचार

थप ६२० जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु



काठमाडौं । देशभर थप ६२० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ । त्यस्तै, थप २५ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १६:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।