Logo

अन्तर्राष्ट्रिय

मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपत्काल



एजेन्सी/क्यालिफोर्निया । मंकीपक्स संक्रमणका  ‘केस’ बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो । 

आपतकालको घोषणापछि  मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए । 

‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ०९:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।