Logo

अर्थ

नेपाल फाइनान्सको ११ लाख ३४ हजार कित्ता शेयर लिलामी बिक्री खुला



काठमाडौं । नेपाल फाइनान्सले २३ साउनदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक शेय लिलामीमा बिक्री खुला गरेको छ । लिलामीमा कम्पनीका संस्थापक शेयधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

आवेदन दिने अन्तिम म्याद ६ भदौसम्म छ । कम्पनीले यसअघि १७ देखि २४ असारसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता शेय लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १६:५७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।