काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५।९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झ्यान गुवोइङ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी आइतबार बिहान करिब १०ः३० बजे हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आएका थिए।
उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गरेको थियो। सोही क्रममा उनले लगाएको भित्री वस्त्र अन्डरवेयर भित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल ६३५।९६ ग्राम रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





















प्रतिक्रिया