Logo

समाचार

बिदा स्वीकृत नगरी बिदा बसेका डाक्टर बर्खास्त



काठमाडौं । बिदा स्वीकृत नगराई तीन वर्षदेखि अनुपस्थित भएका एक चिकित्सकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोसी अस्पतालमा कार्यरत नवौं तहका डा. ओमविजु पन्तलाई बर्खास्त गरेको हो ।

०७५ साल वैशाख २ गतेदेखि बिना स्वीकृति अस्पतालमा अनुपस्थित रहेका कन्सलटेन्ट रेडियोलोजिष्ट डा। पन्तलाई मन्त्रालयले सेवाबाट हटाउनु अघि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि लोकसेवा आयोगसँगको परामर्शमा उनलाई सरकारी सेवाबाट हटाएको मन्त्रालयले जनाएको छ । उनलाई ०७५ सालदेखि नै गणनागरी भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी हटाइएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १२:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।