काठमाडौं । सुरक्षाकर्मी परिचालन गरेर आज (बुधवार) पनि काठमाडौं उपत्यकाको फोहोर ल्यान्डफिल साइट बञ्चरेडाँडामा लगिँदै छ । स्थानीयहरु जम्मा भएर अवरोध गर्न लागेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जनका लागि लान लागिएको हो ।
प्रहरी प्रशासनकै सहयोगमा मंगलवार पनि १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । फोहोर बोकेर गएका १ सय सवारी साधन आज मुड्खुबाट अगाडि बढिसकेका नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।
सडक निर्माण तथा मर्मत सकिनुपर्ने लगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै बञ्चरेडाँडावासीले सडकमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधकै कारण हप्तौंसम्म फोहोर नउठ्दा दुर्गन्धले काठमाडौंका सडक तथा पेटिमा हिँडडुल गर्नसमेत नसकिने अवस्था छ ।




















प्रतिक्रिया