Logo

राजनीति

प्रतिनिसभाको आजको बैठक : बेपत्ता तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक पेश हुदैँ



काठमाडौं । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक पेश हुने भएको छ । 

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक २०७९ पेश हुने भएको हो । उक्त बिद्येयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्दप्रसाद कोइरालाले पेश गर्नेछन ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्नेछन । 

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार ०७:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।