Logo

राजनीति

 जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सुरु



जुम्ला । जुम्लामा  ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु भएको छ ।  आउँदाे ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले औपचारिक कार्यक्रम गरी यो अभियान सूरु गरेको बताएका छन् ।  सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताए  ।

 ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तर्गत २८ साउनमा सिंजा गाउँपालिका, २९ साउनमा कनका सुन्दरी गाउँपालिका, ३० साउनमा हिमा गाउँपालिका,  ३१ साउनमा तिला गाउँपालिका, १ भदाैमा तातोपानी गाउँपालिका, २ भदाैमा गुठीचौर गाउँपालिका र ३ भदाैमा  पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो  ।

ज्ञानेन्द्र शाही जिताउ अभियानका लागि  जुम्ला बजारमा सम्पर्क कार्यालय पनि खोलिएको छ ।    

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १४:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।