काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४२३ जनाको परीक्षण गरिएकामा २८६ मा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १८१६ जनाको पीसीआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआरबाट २०२ जना र एन्टिजेनबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणबाट आइतबार ४७९ जना निको भएका छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हाल देशभर ४३४८ सक्रिय संक्रमित छन् ।




















प्रतिक्रिया