काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि साताव्यापी भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् ।
साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ ।




















प्रतिक्रिया