Logo

राजनीति

नागरिकता विधेयकबारे लोसपा नेताहरुले गराए राष्ट्रपतिको ध्यानाकर्षण



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नागरिकता विधेयकका विषयमा ध्यानाकर्षण गराएका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शनिबार शीतल निवास पुगेका थिए ।

उनीहरुले प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्न नपर्ने बताएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १८:३३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।