काठमाडाै। नेपालका पावरलिफ्टिङ क्षेत्रमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि नेपालको अग्रणी उद्योग शिवम् सिमेन्टले आगामी खेलहरुको लागि सहकार्य गर्ने भएको छ ।
सन् २०१७ देखि निरन्तर पावरलिफ्टिङ क्षेत्रमा सक्रिय मनोज श्रेष्ठले विभिन्न प्रतिष्ठित प्रतियोगिताहरूमा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आइरहेका छन् ।
गत वर्ष सम्पन्न अन्तराष्ट्रिय वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिप–२०२५ मा स्वर्ण पदक जित्नुका साथै प्रतियोगिताका क्रममा मनोज श्रेष्ठले उच्च तौलसहित स्क्वाट तथा डेडलिफ्टमा प्रभावशाली प्रदर्शन गरेका थिए। नेपालको झण्डासहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै उनले अनुशासन, आत्मविश्वास र अथक मेहनतको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।
सन् २०१७ देखि २०२५ सम्म मनोज श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
उनका प्रमुख उपलब्धिहरूमध्येः वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ – गोल्ड मेडल, एनवाइएफसी क्लासिक २०२४ – गोल्ड मेडल, फर्स्ट भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ – गोल्ड मेडल, बेन्च प्रेस रेकर्ड – १८० केजी, पावरलिफ्टिङ टोटल रेकर्ड – ७८१ केजी, – दुबई नेसनल रेकर्ड तथा विभिन्न प्रतियोगिताहरूमा अन्डर ८३ केजी देखि मेन्स १२० केजी पावरलिफ्टिङ क्लास सम्म उत्कृष्ट प्रदर्शन गर्नुका साथै नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाइएफसी) द्वारा आयोजित विभिन्न प्रतियोगिताहरूमा निरन्तर सफलता हाँसिल गर्दै आईरहेको छन् ।
मनोज श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र स्ट्रेन्थलाई सम्मान गर्दै शिवम् सिमेन्टले उनलाई आगामी खेल यात्राका अझ सहज उत्कृष्ट होस् भन्ने अभिप्रायले प्रायोजन गर्न लागिएको जनाएको छ । क्वालिटी र स्ट्रेन्थलाई आफ्नो पहिचान बनाएको शिवम् सिमेन्टले मनोज श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नै ब्रान्डको मजबुतीसँग जोडेर हेरेको कम्पनीको भनाइ छ ।
शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथुन लगायत विभिन्न खेलकुद गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाली खेलकुद क्षेत्रको विकासमा आफ्नो महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित शिवम् सिमेन्ट सधैं खेल र खेलाडीको साथमा उभिएको छ ।



















प्रतिक्रिया