काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।
कार्यदलका सदस्य रामसहायप्रसाद यादवले आइतबार अपराह्न ४ बजेका लागि कार्यदलको बैठक बोलाइएको जानकारी दिए ।
गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।




















प्रतिक्रिया