Logo

अन्तर्राष्ट्रिय

गैरकाेभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गर्ने हङकङका निजी अस्पतालमाथि अनुसन्धान सुरु



एजेन्सी/हङ्कङ । सरकारी अस्पतालबाट स्थानान्तरण गरिएका गैर कोभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गरेपछि हङ्कङका निजी अस्पतालहरूमाथि अनुसन्धान सुरु भएको छ । निजी अस्पतालले यस्तै रबैया देखाए उनीहरूमाथि अधिकारीहरूले कारबाही गर्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

‘निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन सक्ने र यो अन्तिम उपायहरू मध्ये एक मानिएको’ स्वास्थ्यमन्त्री लो चुङ–माउले बताए ।

सरकारी अस्पतालबाट रिफर गरिएका १० विरामीमध्ये करिब २० देखि ३० जनालाई मात्र निजी अस्पतालमा भर्ना गरिएको छ । सरकारी अस्पतालका बिरामीका लागि १३ वटा निजी अस्पतालले ३६४ शैया छुट्ट्याउने वाचा गरे पनि पाँचवटा मात्रै ६० प्रतिशत लक्ष्य पूरा गरेका छन् ।

सरकारले केही गैर कोभिड बिरामीहरूको स्थानान्तरणमा लगभग ५१० डलर अनुदान दिँदै गर्दा निजी अस्पतालहरूको अनिच्छाले उनीहरूको नियतिमाथि प्रश्न खडा गरेको छ । 
 

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १२:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।