बागलुङ । नेपाली कांग्रेस बागलुङले नेता देवीप्रकाश भट्टचनको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले बाग्लुङ क्षेत्र नं. २ बाट भट्टचनलाई सिफारिस गरेको हो । सिफारिस हुनेमा अन्य नेताहरू पनि छन् ।
कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका नेता भट्टचनले बागलुङमा केन्द्रको नीति र निर्देशानुसार कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने बताएका छन् । उनले आफूलाई सिफारिस गरेकोप्रति धन्यावाद दिएका छन् ।
सफल व्यवसायीसमेत रहेका भट्टचन कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् । बागलुङ क्षेत्र नं. २ मा उनी लोकप्रिय मानिन्छन् । भट्टचन २०४९ सालमा नेपाली कांग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भएका थिए ।
उनी २०७४ सालमा समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । भट्टचनलाई सभापति शेरबहादुर देउवाले २०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उप–संयोजकको जिम्मेवारी दिएका थिए ।




















प्रतिक्रिया