Logo

प्रमुख समाचार

ओलीले टिकट नदिएर बदला लिने संकेतपछि भीम रावल तनावमा



काठमाडौं । नेकपा एमालेका नेता भीम रावललाई यो निर्वाचनको टिकट पाउन नै सकस भएको छ । पार्टीभित्रैबाट रावललाई टिकट पाउनलाई सकस भएको छ । एमाले नेताहरु मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएका नेता रावलले यो निर्वाचनमा भने टिकट नपाउने सशंकित छन् ।

तत्कालिन नेकपा हुँदा केपी शर्मा ओलीको विरोधमा उत्रिएका रावलसंग ओली बद्ला लिन सक्ने नेताहरु बताउछन् । ओली प्रधानमन्त्री हुँदा २ पटकसम्म संसद विघटन गरेपछि रावलसहित १० जना नेताहरु ओलीको विपक्षमा उत्रिएका थिए ।

ओलीले संसद विघटन गरेपछि नेता रावलसहित १० नेताहरु प्रचण्ड, माधव नेपाल समूहमा आबद्द भए । उनले नेकपा विभाजन हुनबाट जोगाउन धेरै प्रयास गरे ।

तर सर्वोच्च अदालतले नेकपा अवैधानिक ठहर गर्दै एमाले र माओबादी केन्द्रलाई पुरानै घरमा फर्कन आदेश दिएपछि तत्कालिन नेकपा विभाजन भएको हो। त्यसपछि माधव नेपाल समूह पनि माओबादी केन्द्र अर्थात् प्रचण्डसंग छलफल गरेर आफ्नै पुरानै घर फर्के ।

त्यसपछि पनि पटक पटक ओली र नेपाल समूहबीच पार्टी एकताको लागि छलफल भेटघाट भयो तर ओली आफ्नै ढंगले अगाडि बढ्न नछाडेपछि माधव नेपाल एमालेबाट बाहिरिए । त्यसपछि प्रधानमन्त्री देउवालाई २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने संविधान संसोधन गर्न लगाए उनले पार्टी फुटाए । त्यसपछि उनले नेकपा एकीकृत समाजवादी पार्टी खोले ।

तर ओलीसंग पार्टीभित्र संघर्षसंग १० नेताहरुले साथ दिएका भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायत नेताहरु भने एमालेमै रहे । त्यसपछि पनि एमालेभित्र संघर्ष अर्थात् ओली विरुद्ध उत्रिएका नेताहरुलाई यो निर्वाचनमा निकट पाउन सकस देखिएका छन् ।

एमालेको ९ औँ महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष बन्न खोजेका ओलीको सपना सपनामै सिमित पारेर अध्यक्षको उम्मेदवारी दिएर ओलीसंग चुनावमा उत्रिए । ओलीले पटक र पटक छलफल गर्न बोलाए पनि रावल भने ओलीको उधारो बचनमा फसेनन् ।

जसले गर्दा पनि ओली रावलसंग असन्तुष्ट छन् । रावललाई यो पटक टिकट पाउन ओलीले नै रोक्न सक्ने नेताहरु बताउँछन् ।

एमाले नेता भीम रावल अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका छन् । तर संसद विघटनको विरोध गरेका र अहिले पनि ओलीको कार्यशैलीको विरोध गरेका कतिपय नेताहरु यसपालिको निर्वाचनमा टिकट पाउनेमा ढुक्क देखिन्नन् । पार्टीले चुनाव लड्न टिकट दिन्नकी भनेर उनीहरुमा एक किसिमको संशय देखिन्छ ।

सर्वसम्मत सिफारिस भएपनि रावल स्वयंम आफूले टिकट पाउँछु भन्नेमा ढुक्क छैनन् । ओलीले गरेको संसद विघटनको प्रखर विरोध गरेका तर एमाले विभाजनको अन्तिम समयमा माधव नेपाललाई साथ नदिइकन १० बुँदे सहमतिको आधारमा एमालेमै रहेका धेरै नेताहरुले आफूलाई असुरक्षित ठानेका छन् । त्यसमाथि निर्वाचन लड्न क्षेत्रबाट सिफारिस हुँदा यीमध्ये धैरै नेता एकल सिफारिसमा नपरेपछि असुरक्षाको त्यो भावना झनै बढेको उनीहरुमध्ये एक नेताले बताए ।

२०७४ सालको निर्वाचनमा अछाम १ बाट भीम रावल विजयी भएक थिए । रावलले २४८८३ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमरा स्वारले १७ हजार ७१९ मत ल्याएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ०९:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।