Logo

आजको तस्बिर

चिनियाँ नेता चान्सुकाे भ्रमणले काठमाडाैंकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फाेटाेफिचर)



काठमाडाैं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ ।  उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । 

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १३:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।