पोखरा । पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्र मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै डेंगुलगायत अन्य महामारी फैल्याउन कवाडी संकलन केन्द्रले मद्दत पुगेको भन्दै सार्न आग्रह गरेको हो ।
सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ । मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारबाही गर्नेसमेत महानगरले चेतावनी दिएको छ ।
गण्डकीका मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुबाट संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार प्रदेशमा हालसम्म १५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् ।




















प्रतिक्रिया