गोलबजार नगरपालिका-८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठापाठन राजनीतिक आमसभाका लागि बन्द गरिएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमका लागि विद्यालयको पठनपाठन नै ठप्प पारिएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालय परिसरमा शुक्रबार एमालेले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ ।
कार्यक्रमका कारण विद्यालयमा अध्ययनरत विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् भने यसबारे विद्यालयले भने कुनै प्रतिक्रिया दिन चाहेन ।
कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् । विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन्। उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए ।
२ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ ।




















प्रतिक्रिया