काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी पुगेको छ । ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि सरकारले उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
तर डा. केसीले भने काठमाडौं आउन मानेका छैनन् । उनका सहयोगी डा. अमृत जैसीका अनुसार डा केसीले आफू कुनै पनि हालतमा काठमाडौं नजाने बताएका छन् ।
स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान पटक पटक आग्रह गरेको छ । अस्पतालले डा. केसीमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ ।
अनशन बसेको दोस्रो दिनदेखि नै डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । तर औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको सेती अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।




















प्रतिक्रिया