काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी काठमाडौं आइपुगेका छन् । धनगढीमा अनसनकै क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि बुधबार आफ्नै खर्चमा उपचारका लागि काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
मंगलबार सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउन खोज्दा उनले अस्वीकार गरेका केसी अनसन सुरु गरेको १० औं दिनमा आफ्नै खर्चमा काठमाडौं आएका हुन् । उनका सहयोगी डा. अमृत जैसीका डा. केसी बुधबार ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आएका हुन् ।
अस्पताल भर्ना भए पनि डा. केसीको अनसन जारी छ । अनसनका क्रममा केसीको स्वास्थ्य स्थिति झन् झन् जटिल बनेपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसीे शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकहरुले पेटमा कडा खालको अल्सर भएको आशंकासमेत गरेका छन् ।
अनशन सुरु गरेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।




















प्रतिक्रिया