काठमाडौं । मुख्यसचिव शंकरदास वैरागीलाई डेंगी संक्रमण भएको छ । डेंगी संक्रमणपछि उनलाई मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ । वैरागीलाई शनिबार रातिदेखि सिभिल अस्पताल भर्ना गरिएको हो ।
मुख्यसचिव वैरागीको उपचारमा संलग्न चिकित्सकका अनुसार संक्रमणका कारण उनलाई उच्च ज्वरो आएकोले अस्पताल भर्ना गरेर आईसीयूमा राखिएको छ ।
नेपालको मुस्ताङबाहेकका सबै जिल्लामा अहिले डेंगी संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा भने यो महामारीकै रुपमा देखा परेको छ ।




















प्रतिक्रिया