Logo

प्रमुख समाचार

७६ जना कोरोना संक्रमणमुक्त हुँदा ५४ जनामा संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७२९ पीसीआर परीक्षणका क्रममा ४२ जना र २ हजार १०० एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १४४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १६:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।