काठमाडौं । पीसीआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिएका चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई रकम फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दुई अस्पतालले पीसीआर परीक्षणमा लिएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको हो ।
चितवन मेडिकल कलेजले ३ हजार ५ सय २३ जनासँग लिएको ५ सय बढी रकम अर्थात् १६ लाख ६१ हजार ५ सय फिर्ता गर्न भनिएको छ । सरकारले २ हजार लिन पाउने भने पनि उक्त अस्पतालले २ हजार ५ सय रूपैयाँ लिएको थियो ।
त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीबाट सरकारले तोकेभन्दा ५ सय बढी लिएको थियो । उसले २ हजार ५ सय जनाबाट लिएको १२ लाख ५० हजार रूपैयाँ फिर्ता गर्नूपर्ने भएको छ ।




















प्रतिक्रिया