काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले साल्ट ट्रेडिङ् कर्पोरेसन, केएफसीलगायत स्थानमा छापा मारेर अखाद्य वस्तु जफत गरेको छ । टोलीले साल्ट ट्रेडिङ् कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड ब्राण्डका २० केजी तौलका ६ बोरा चामल, २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगायो ।
उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान बिक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताए ।
त्यस्तै, पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको उनले बताए । पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।




















प्रतिक्रिया