Logo

समाचार

दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमित



काठमाडौँ । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन्।

स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र २४ घण्टायता ३४ हजार ७३९ जनामा कोरोनाको संक्रमण भएको छ ।

अघिल्लो दिन मात्र १६ हजार जनामा मात्र कोरोनाका संक्रमित भएकामा बुधवार ३४ हजारभन्दा बढी संक्रमित देखिएकाे हुन् । अघिल्लो हप्ता दैनिक करीब २४ हजार जनामा संक्रमण भएको बताए बुधवार संख्या वृद्धि भएको हो ।

पछिल्लो दिन १६ जनाको ज्यान गएको छ । यहाँ हालसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले ज्यान गएको छ ।

कोरोना महामारीको शुरू आतदेखि अहिलेसम्म नै २ करोडभन्दा बढीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार १६:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।