Logo

समाचार

७७ वटै जिल्लामा फैलियो डेंगी, मृतकको संख्या ४५ पुग्यो : स्वास्थ्य मन्त्रालय 



काठमाडौं । देशका सबै ७७ वटै जिल्लामा डेंगी फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म डेंगी संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ । हालसम्म देशभर ३७१३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

पहिलोपटक २०६१ मा नेपालमा डेंगी पुष्टि भएको थियो । त्यसयता हरेक वर्षमा नेपालमा डेंगीको प्रकोप देखिने गरेको छ । यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगी पुष्टि भएको मन्त्रबालयले जनाएको छ । 

उता पछिल्लो २४ घण्टामा नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १७:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।