Logo

कर्पोरेट फोकस

टोल फ्रि नम्बर सुचारु नगर्ने आइएसपीलाई प्राधिकरणले कारवाहि गर्ने, यि हुन् सुचारु गर्ने ९ कम्पनी 



भीमा पन्थी । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनलाई अटेरि गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर सुरु नगर्ने आइएसपी माथि  प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको छ। 
प्राधिकरणले उपभोक्ताको गुनासो सम्बोधन गर्न प्राधिकरणले तीन महिनाअघि आइएसपीहरुलाई टोलफ्रि नम्बर उपलब्ध बनाउन निर्देशन दिएको थियो । 

तर, धेरै आइएसपीहरुले तीन महिना बितिसक्दा सुचारु गरेका छैनन् । सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वर्ल्डलिंक, सुबिसुसहित अन्य ६ वटा आइएसपीहरुले मात्रै सेवा सुरु गरेको प्राधिकरणले जनाएको छ।

अहिलेसम्म जम्मा नौ वटा आइएसपीहरुले मात्रै सेवा सुरु गरेका छन् । सेवा सुचारु गर्नैमा नेपाल टेलिकम (१४९८, १९८), वर्ल्ड लिंक (१६६००१–५५०५०), (सुबिसु (१६६००१–५९९९९), ब्रोडब्याण्ड नेपाल (१६६००१–५२००४),टेकमाइन्ड्स नेपाल (एनटीसी प्रयोगकर्ताका लागिः १६६०५६–५१२२२, एनसेल प्रयोगकर्ताका लागिः ९८०१५७५६६६) इस्ट लिंक टेक्नोलोजी (१६६००१–९५९८५), स्काइ ब्रोडब्याण्ड(१६६००१–५८८८७) एरोनेट(१६६००१–४२२२२) मेट्रोलिंक बिजनेस(१६६०७१–५६२२२) रहेका छन् ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले आफ्ना ग्राहकले सेवा सम्बन्धी कुनै पनि समस्या वा जिज्ञासा भएमा फोन गर्दा टोल फ्रीमा उनीहरूलाई शुल्क लाग्दैन। कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर राम्रो बनाइरहन ग्राहकलाई दिनै पर्ने सुविधामा यो पर्छ।

उनले भने ‘प्राधिकरणको निर्देशन पालना नगर्ने आइएसपीहरुलाई दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही हुन्छ ।’ ‘टोल फ्री नम्बर सुरु नगर्ने आइएसपी माथि कारवाही प्रक्रिया अघि बढ्छ, तुरुन्तै सेवा सुरु गर्न निर्देशन दिएका छौं ।’

पछिल्लो एमआइएस रिपोर्टलाई आधार मान्दा अहिले देशभर करिब ४० वटा आइएसपीहरुले सक्रिय रूपमा इन्टरनेट सेवा दिइरहेको देखिन्छ। 

 

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ११ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।