Logo

प्रमुख समाचार

प्रचण्डपत्नी सीता दाहाल आइसीयूमा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालको आइसीयूमा उनलाई भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ । सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

पिएसपी दुर्लभ खालको रोग हो । यो रोग एक लाख मानिसमध्ये ५/६ जनामा मात्र देखिन्छ । पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १७:२५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।