Logo

प्रमुख समाचार

गोरखा अस्पतालका चिकित्सकमाथि ढोका थुनेर कार्यकक्षमै कुटपिट



गोरखा । जिल्ला अस्पताल गोरखाका चिकित्सकमाथि कार्यकक्षमै कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठका अनुसार एक जना महिला थाइराइड जाँच गर्न आएकी र रिपोर्ट चित्त बुझेन भनेर उनका तीन जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई हातपात गरेका हुन् ।

घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । घटना लगतै समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार २०:४३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।