Logo

अर्थ

सुनचाँदीको भाउ सामान्य बढ्यो



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुन मंगलबार बढेर ९३ हजार १०० रुपैयाँ पुगेको छ भने ९२ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन आज ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । 

यता, चाँदीको भाउ पनि बढेर एक हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १२:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।