काठमाडौं । पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २५ गतेबाट सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ ।
हाईड्रोपावरले प्रति शेयर अंकित मूल्य रु १०० दरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयरहरु (आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाईएको शेयर बाँडफाँड गरि बिक्री हुन बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता शेयर समेत) मध्ये कुल निष्काशनको ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित गरि र कुल निष्काशनको ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओको निष्काशन तथा बिक्री कार्तिक २९ गतेसम्म रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन मंसिर ९ गते बैंकिङ्ग समयसम्म लम्बिने छ ।
पिपुल्स् हाइड्रोपावरको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा त्तिविय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ ।




















प्रतिक्रिया