काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले निःशुल्क स्वास्थ्य उपचार सेवा उपचार उलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जेष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनी रहेका दलित तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने चुनावी घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको हो ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज (शनिबार) सार्वजनिक गरेको घोषणापत्रमा जसपाले यस्तो प्रतिबद्धता जनाएको हो । यसैगरी न्यू आए भएका जनताको मुटु रोग, मधुमेह, क्यान्सर, मस्तिष्क र मृगौलासम्बन्धी जटिल रोगहरुको उपचारका लागि राज्यले दिँदै आएको सहयोगलाई शतप्रतिशत वृद्धि गर्नुका साथै मृगौला प्रत्यारोपण निःशुल्क रुपमा गर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
स्वास्थ्य सेवालाई गाउँगाउँमा पु¥याउन उपत्यकाबाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थाहरुलाई विशेष सुविधा उपलब्ध गराउने पनि जनाएको छ ।




















प्रतिक्रिया