Logo

समाचार

‘निर्वाचनमा भीडभाडले कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्छ, सावधान रहनू’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड बढ्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए । नउले देशमा कोभिड संक्रमण दर उच्च नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको भन्दै भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउन आग्रह गरे ।

उनले विश्वव्यापी रूपमा कोभिड–१९ को संक्रमण घटे पनि जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १२:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।