Logo

अर्थ

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको मूल्य एकैदिन १ हजार ४०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोल छापवाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापवाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ११:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।