Logo

अर्थ

उपकार लघुवित्तको नाफा बढ्यो



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३.८९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीले ४२ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । यससँगै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १२:०८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।