Logo

अर्थ

एकैदिन १३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य एकैदिन एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यो साताभरि भने नसुको मूल्य ३ हजार ६०० रुपैयाँले उकालो लागेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो । यो साताभरि भने चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ११:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।