धरान । प्रदेश १ को सुन्दर नगरी धरानको परिवेशलाई वर्णन गर्दै गाइएको गीत “बसमा सरर, लान्छु तिमीलाई घुमाउँदै धरान शहर” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खजुम र संगीत गायक योङ्याको नै रहेको छ ।
मिडिया कनेक्सनका लागि प्रकाश आङ्गबुहाङ्गको निर्माण रहेको म्युजिक भिडियोको छायाँङ्कन धनकुटाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुँदै धरानको धोपा क्याम्प परिसरमा रिएको छ ।
सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौं र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो । चर्चित मोडल रेखा लिम्बु, संगै योमन सोदेम्बा लिम्बु, बादल चेम्जोङ, सुमन खेवासँगै गरिमा डान्स सेन्टरको कलाकारहरुको समेत अभिनय देख्न पाइने म्युजिक भिडियोमा निर्देशन तथा छायाँकन देवजंग थापाको रहेको छ ।
हेर्नुहाेस् भिडियाे





















प्रतिक्रिया