Logo

अर्थ

निर्धन उत्थान लघुवित्तको खुद नाफामा ८४ प्रतिशतको गिरावट



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको नाफामा ठूलो गिराटव आएको छ । संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीकोन नाफामा ८४ प्रतिशतको गिरावट आएको हो ।

वरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु. ३.२५ करोड खुद नाफा आर्जन गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ८३.८८ प्रतिशतले कमी रहेको छ। खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि रु ४७.६५ बाट घटेर रु ५.९३ कायम हुन आएको छ ।

व्याज आम्दानीमा ९.५० प्रतिशतको वृद्धि आएपनि खुद व्याज आम्दानीमा ६.९६ प्रतिशतको गिरावट तथा हानी नोक्सानी व्यवस्था बढेकाले खुद नाफामा गिरावट आएको हो ।रु. २.१९ अर्ब चु

पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष २८.८०५ ले घटेर रु. २.५७ अर्ब पुगेको छ । हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ११७.१२ प्रतिशत रहेको छ । यस्तै, लघुवित्तको कुल शेयर

धनीकोष पनि पनि घटेर रु. ४.७६ अर्ब कायम भएको छ भने प्रति शेयर किताबी मुल्य रु. २१७.१२ कायम हुन आएको छ ।राष्ट्रिय स्तरमा कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउने यस लघुवित्तले पहिलो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु. ५.९४ अर्ब कर्जा सापट र ग्राहकहरुबाट रु. १८.४८ अर्ब निक्षेप संकलन गरी कुल रु. २४.४२ अर्ब पूंजी परिचालन गरी रु. २६.८८ अर्ब कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार ११:४६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।