Logo

प्रमुख समाचार

जुम्लामा मतदान अधिकृतसहितका कर्मचारी सवार जीप दुर्घटना



जुम्ला । जुम्लामा मतदान सामाग्री लिएर मतदान केन्द्र गइरहेका कर्मचारी सवार जीप दुर्घटनामा परेको छ । जुम्ला खलंगादेखि तातोपानी–८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्रतिर जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप तातोपानी–४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब २० मिटर तल खसेको छ ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एक जना कार्यालय सहयोगी घाइते भएका छन् ।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १९:०६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।