Logo

राजनीति

गठबन्धनले बहुमत ल्याउँछ : डा कोइराला



कावासोती । नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गरेका छन् ।

नवलपुरको देवचुलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने र गठबन्धकै सरकार बन्ने बताए ।

डा. कोइरालाले गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी कोरिडोर सडक निर्माण विस्तार आगामी दुई वर्षभित्र सम्पन्न हुने जानकारी दिनुभयो । “नारायणीको तटबन्धसँगै त्रिवेणीसम्म तटबन्ध र सडक बन्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार २०:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।